काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएपछि निर्वाचन आयोगले एक दर्जनभन्दा बढी व्यत्ति, संघसंस्था र पार्टीलाई स्पष्टीकरण सोधेको छ ।
उनीहरुले निर्वाचन आचारसंहित उल्लंघन गरेको कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । प्राय सबैलाई चौबिस घण्टाको समय दिई स्पष्टीरकण सोधिएको छ । निर्वाचन आचारसंहति गत चैत २६ गतेबाट लागू भएको हो ।
आयोगले सबैभन्दा पहिला नेपाली कांग्रेसका नेता डा शशांक कोइरालासँग स्पष्टीकरण सोधेको थियो । कोइरालाले गएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।
उक्त निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने सीमा तोकेको थियो । निर्वाचनपछि कोइरालाले आयोगमा बुझाएको रिपोर्टमा आफूले निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका थिए । कोइरालालाई स्पष्टीकरण बुझाएपछि आयोगले उनलाई सचेत समेत गराएको थियो ।
निर्वाचन आचारसंहित लागू भएपछि आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितसँग दुई पटक स्पष्टीकरण सोधेको छ ।
वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आयोगले पहिलो पटक स्थापितसँग स्पष्टीकरण मागेको थियो ।
स्थापितले उक्त कार्यक्रममा एक जना महिलालाई आक्रोषित हुँदै ‘यु आर नाइस लेडि तर तपाईँको थुतुनो ठीक छैन’ भन्ने जवाफ दिएका थिए । उनले ‘यो बहिनीले वेश्यावृति गर्छ भनेर म पनि छपाउँ’ भन्ने अभिव्यक्ति पनि दिएका थिए । त्यसपछि आयोगले उनीसँग स्पष्टीकरण सोधेको थियो ।
स्थापितसँग आयोगले दोस्रो पटक काठमाडौं महानगरपालिकाका अर्का प्रमुखका उम्मेदवार बालेन साह विरुद्ध दिएको अभिव्यत्तिलाई लिएर सोधेको थियो ।
स्थापिततले साहका बारेमा ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, उ त अन्तर्राष्ट्रिय ठग रहेछ…’ भन्ने अभिव्यक्ति दिएका थिए ।
आयोगले निर्वाचन आचारसंहित प्रतिकूल गतिविधि गरेको भन्दै नेकपा (माओवादी केन्द्र) सँग पनि जवाफ मागेको छ । माओवादीले कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष बिक्रम साह लगायतका व्यक्तिहरुले माओवादी केन्द्रको चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएपछि दलबाट भएको हो वा होइन ? भनि आयोगले जवाफ मागेको हो ।
आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग पनि स्पष्टीकरण सोधेको छ । उनले अग्निपीडित मुक्त कमैयाका घर बनाई दिने प्रतिवद्धता जनाएपछि स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्री भट्टले अग्निपीडित मुक्त कमैया परिवारलाई एकीकृत वस्ती विकास कार्यक्रम अन्गर्तत घर निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको बताएका थिए ।
निर्वाचन आचारसंहितामा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने उल्लेख छ ।
आयोगले निर्वाचन परिबेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई समेत स्पष्टीकरण सोधिसकेको छ । वैशाख १९ गते उनले एक टेलिभिजनमा निर्वाचन आचारसंहिता २०७८ विपरीत हुने गरी ‘राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ’ भनी मतदातालाई प्रभाव पार्ने अभिव्यक्ति दिएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।
यही बीचमा दुर्गा भगवती गाउँपालिका–४ का अध्यक्ष धर्मनाथ चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको छ । वडा अध्यक्ष चौधरीले निर्वाचनलाई प्रभावित गर्नेगरी गतिविधि गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । चौधरीले दुर्गा भगवती वडा नं. ५ का एक जना महिलालाई दुई हजार रुपैयाँ नगद दिएको र अर्को एक जनालाई पाइप वितरण गरेको उजुरी आयोगमा परेको थियो ।
आयोगले नेपाली कांग्रेस पार्टीसँग पनि स्पष्टीकरण मागेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएपछि सो राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ मागेको हो ।
तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरेलाई आयोगले स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले नेपाल राष्ट्र आधारभूत विद्यालय कपिलवस्तुका प्रधानाध्यापक प्रल्हाद पाण्डेसँग स्पष्टीकरण मागेको छ । उनी दलीय चुनावी प्रचारप्रसारमा संलग्न रहेको भन्दै फोटोसहितको समाचार प्रकाशन भएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको हो ।
आयोगले मेलम्ची नगरपालिका–१० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनाललाई पनि स्पष्टीकरण सोधेको छ । मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चार माध्यममा प्रकाशन भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।
यस्तै आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान चुनावी प्रचारमा खटीएको फोटोसहितको समाचार प्रकाशन भएपछि के भएको हो भनी आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले महिला पुनस्र्थापना केन्द्र (ओरेक) सँग पनि स्पष्टीकरण सोधेको छ । ओरेकले काठमाडौं महानगरपालिकाका प्रमुख पदका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितबारे जारी गरेको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेको जनाउँदै स्पष्ट पार्न भनेको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend