Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आचारसंहिताविपरीत सार्वजनिक ठाउँमा झुण्ड्याइएका ब्यानर हटाइने


    बुधबार, बैशाख २१ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । उम्मेदवारहरूले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरूमा दलको झण्डा, निर्वाचन चिह्नअंकित तुल, बोर्डहरू तथा झुण्डयाएको ब्यानरहरू हटाइने भएको छ।

    सप्तरीका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेपछि हटाइने भएको हो।
    मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका निर्वाचन अधिकृतको बुधबार बसेको बैठकले आचारसंहिताविपरीत टाँगिएका र झुण्डयाइएका तुल, ब्यानरलाई हटाउन उम्मेदवारसँग आग्रह गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

    उम्‍मेदवारले उक्त प्रचार सामग्री नहटाए अनुगमन अधिकृतको रोहवरमा नेपाल तथा सशस्त्र प्रहरीले ती सामग्री हटाउने बैठकले निर्णय गरेको छ ।
    बैठकले अब सबै उम्मेदवार तथा नागरिक समाज, संघसंस्थाहरूलाई आचारसंहिताको उल्लंघन नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

    बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरीका अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीसहितको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार