काठमाडौं । सोमबार देशभर १ सय ८६ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ। काठमाडौंमा दुई र ललितपुरमा एक गरी उपत्यकामा कुल तीन जना संक्रमित भेटिएका छन् ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ७३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार ८ सय ६८ पुगेकाे छ ।
देशका विभिन्न स्थानका २२ हजार २ सय २८ सय जना क्वारेन्टिनमा छन्। सोमबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।