सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै दलहरुलाई चुनाव लागेको छ । शहरदेखि गाउँ गाउँका कुना काप्चामा विभिन्न दलहरुको प्रचारप्रसारले रौनकता बढाएको छ । कोही दलका नेता घरदैलो कार्यक्रम गर्दै जनता फकाउँदै छन् ।
कोही भने विभिन्न आश्वासनका पोका फुकाउँदै छन् । स्थानीय तहको निर्वाचन हुन १० दिन बाँकी रहदा विभिन्न दलहरुलाई चुनावी चटारो छ । शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल परिवार दल लगायतका अन्य दलहरुले चुनाव प्रचारलाई व्यापक बनाएका छन् ।
दैलेख
कर्णालीमा पालिकाको विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले पनि भोट माग्न सुरु गरेका छन् । दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा उम्मेदवार चयन भएसँगै उम्मेदवार बनेकी लक्ष्मी देवि शाह प्रचार प्रसारमा रहेकी छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट ठाटीकाँध गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका निर्मल कुमार रावत(उमेश) पनि उम्मेदवार बनेसँगै मतदाता फकाउन चुनावी मैदानमै व्यस्त छन् ।
ठाटीकाँधको समृद्धि उत्पादनमा वृद्धि गर्दै एक गाउँ एक उत्पादन नीतिमा जोड दिएर गाउँको पहिचान स्थापित गर्दै किसानको उत्पादन गाउँपालिकाले खरिद गर्ने र जनताको क्षमता बढाउने एजेण्डा रहेका छन् । कृषि विकासका लागि किसान विकास कोष कार्यक्रम, सबै जनजन कर्मशिल झनझन, उद्यमशिलता विकास युवा रोजगारी, सिप चिन्छ पालिकाले किन्छ, पालिकाकै डेरी स्वाद फेरी फरी भन्ने नारा सहितका योजना रहेका छन् ।
त्यस्तै जनजनको ईच्छा, स्वास्थ्य र शिक्षा, स्वस्थ पालिका, स्वस्थ पालिकाबासी,मातृशिशु सुरक्षा कार्यक्रम,पालिका एम्बुलेन्स सेवा नारा सहितका योजना रहेका छन् ।
सुर्खेत
यता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारले पनि मतदाता फकाउन घर–घरै पुग्न थालेका छन् । वीरेन्द्रनगरको मेयरमा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको छ । गठवन्धन दलबीच तालमेल गरिने भनिए पनि एकिकृत समाजवादी गठवन्धनबाट बाहिरीएको छ । वीरेन्द्रनगरको मेयर र उप्रमुखमा तालमेल गरेका नेपाली कांग्रेस र माओवादीले वडामा भने तालमेल गरेका छैनन् ।
आइतबारबाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका उपेन्द्रबहादुर खड्का मतदाताको विश्वास जित्न वीरेन्दनगर–८ मा घरदैलो कार्यक्रम सरिक भएका छन । खड्काले मतदाताको मन जित्न आफ्ना घोषणा पत्र सुनाउँदै हिँडेका छन् । भेरीको पानी उपत्यकामा ल्याउनेदेखि वीरेन्द्रनगरलाई वातावरणमैत्री हरित शहरका रुपमा विकास गर्दै वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर र महानगरपालिका बनाउने योजना खड्काले अघि सारेको समेत बताएका छन् ।
यस्तै, वीरेन्द्रनगरको मेयरको उम्मेदवार मोहनमाया ढकाल पनि चुनावी प्रचार प्रसारका क्रममा मतादाताको दैलौमै पुग्न थालेकी छन् । उनी पनि आइतबारबाट मतदाता भेट्ने कार्यक्रममा हिँडेकी छन् । मेयर पदका उम्मेदवार ढकाल दिनभर ढकाल वडा नं ७ इत्राममा मतदाताका घरदैलोमा पुगेकी हुन ।
नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेकी ढकाल यसअघि २०७४ को स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी थिइन । ढकालका चुनावी प्रतिवद्धता पनि खड्काको भन्दा फरक छैनन । विवादरहित पाँच वर्षमा वीरेन्द्रनगरको सम्रग विकास गरेको दावी गर्ने ढकालको मुख्य योजना आफ्नो कार्यकालमा सुरु भएका र गर्न नसकिएका कामहरुलाई अबको कार्यकालमा पुरा गर्ने रहेका छन ।
भेरीको पानी उपत्यकामा ल्याउने पक्रिया सुरु गरी टेण्डरसमेत भई सकेको भन्दै छिट्टै वीरेन्द्रनगरवासीलाई भेरीको पानी खुवाने मुख्य योजना रहेको छ । गुरुयोजना निर्माण, नगर बस सञ्चालन गर्न नसक्नु ढकालले आफ्नो कार्यकालमा पुरा गर्न नसकेको योजना रहेको उल्लेख गरेकी छन ।
जुम्ला
यस्तै, जुम्लाको हिमा गाउँपािलका पनि उम्मेदवारहरु मतदातासँग मत माग्न घर–घरमा पसेका छन् । नेकपा )माओेवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार अम्मराज शाही (अम्मरजंग) बनेका छन् । शाहीले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै मत माग्न मतदाताको घर–घरमा छिरेका छन् ।
शाहीले समाजबाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि, पालिकास्तरमा एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान, रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धनसहित कृषिको आधुनिकिकरण, यान्त्रिकरण र ब्यावसायीकिकरणको ग्यारेन्टी, उद्यमशिलताको विकास र रोजगारीको विस्तार जस्ता योजना अगाडी सारेका छन् ।
यस्तै, शाहीले निः शुल्क आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि एक वडा एक स्वास्थ चौकी, केन्द्र र पालिका स्तरमा आधारभूत अस्पताललाई पुर्ण क्षमतामा संचालन, निःशुल्क गुणस्तरीय स्वास्थ्य, गाउपालिकामा जडीबुटी केन्द्र स्थापना, स्थानी स्तरमा उपलब्ध जडिबुटिको प्रसोधन, वडा नं ७ धाँचुगाउमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापनागरि थप जनशक्ति ब्यावस्थापन साथै हिमाको गौरबको रुपमा रहेको पिएचसिलाई विषशज्ञ सेवा प्रदान गर्ने लगायतका प्रतिबद्धता लगेर मतदातासँग मत मागेका छन ।
डोल्पा
डोल्पाको ठुलीभेरी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै चुनाव चिन्ह पुतली प्राप्त गरेका स्वतन्त्र उम्मेदवार प्रेम बहादुर बोहोरा पनि चुनावी मैदानमा छन् । पछिल्लो समय युवाको रुचाएको र युवाको साथ पाएका उनी तन्नेरी युवाहरुको साथमा घर दैलो अभियानमा छन् । नगर समृद्धिको पाँच बर्षे खाका सहित चुनावमा होमिएको छु,आसा छ जनताले पार्टी विशेष नहेरेर हाम्रो भन्दा राम्रो उम्मेदवार छनोट गर्नुहुनेछ,’उनले भने । युवा नेता बोहोरा बर्षौदेखि समाजसेवामा सक्रिय छन ।
उनी प्रशिद्व कोग्ले पुस्तकका लेखक समेत हुन । आफुले जितेको खण्डमा पाँच वर्षमा तीनसय ५० जना युवाहरुलाई वार्षिक न्युनतम दुइलाख कमाई हुने रोजगारी सृजना गर्ने लगायतका नगर समृद्धिका पाँच वर्षे खाका तयार पारेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend