भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरू मतदातालाई प्रभावित पार्ने अभियानमा लागेका छन् । मतदाता आकर्षित गर्न भक्तपुरका सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रमा राजनीतिक दलहरुले सामान बाँडेको पाइएको हो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुई नगरपालिकामा सामान बाँंडेपछि रोकेको जानकारी गराइन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसहितको पत्रकारसँंग मंगलबार गरेको निर्वाचनबारे अन्तरक्रिया कार्यक्रममा शर्माले एक ठाउँंमा बाँंडिरहेको र अर्को ठाउँंमा बाँंड्ने थाहा पाएपछि रोकिएको उल्लेख गरिन् ।
‘एक ठाउँंमा राजनीतिक पार्टीले निर्वाचन लक्षित सामान बाँंडिरहेको खवर पाएपछि स्थानीय प्रहरी परिचालन गरी रोकियो,’ उनले भनिन्, ‘त्यहाँं कम्वल र थर्मस वितरण गरिएको रहेछ ।’ अर्को ठाउँंमा भोलि कार्यक्रम हुने र त्यहाँं सामान पनि वितरण गरिने जानकारी पाएपछि कार्यक्रम नै गर्न नदिएको उनले सुनाइन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जिल्लामा अहिलेसम्म १८ वटा आचारसंहिता विपरीतका घटना भएको जानकारी गराए । प्रहरीलाई जानकारी भएपछि त्यस्ता घटना हुन नदिएको उनले बताए । कतै प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि समस्या समाधान भएको र कहीँ भने अटेर गरेको पाइएको उनको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend