Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मौसम विभागको प्रक्षेपण, मंगलबारसम्मै पानी परिरहने


    सोमबार, साउन ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबारदेखि निरन्तर परिरहेको पानीले मंगलबारसम्म निरन्तरता पाउने प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले मंगलबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । अहिले मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेकाले यस्तो प्रक्षेपण गरिएको विभागले जनाएको छ । 

    अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षा हुने सम्भावना छ ।

    त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार