काठमाडौं । खुमलटारमा भैरहेको बैठक सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सोमबार पूर्व माओवादी केन्द्र तर्फका स्थायी समिति सदस्यहरुको बैठक चलेको थियो ।
पछिल्लो समय नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको र यस्तोमा पूर्व माओवादी खेमा एकजुट हुने निर्णय भएको एक स्थायी समिति सदस्यले जानकारी दिए । पार्टी भित्रको विवाद बढ्दै गएको र विवाद समाधानको दुई फरक बिन्दु मिलाउन कठिन भएको अवस्थामा प्रचण्डले आफूनिकटको साथ मागेका हुन् । बैठकमा उनले आफू पदको लोभमा परेर विवाद मिलाउन अघि नसरेको समेत प्रष्ट पारेका थिए ।
‘म पदमोहमा हिँडेको छैन । सहमति खोज्ने प्रयास सकारात्मक छ । छिट्टै नै निष्कर्षमा पुग्छौं’, प्रचण्डको भनाई उद्धृत गर्दै ती सदस्यले बताए ।
माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालले प्रम ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा गर्ने बाहेकको विकल्प मान्न तयार भएका छैनन् । यस्तै प्रम ओली भने कुनै पनि हालतमा राजीनामा नदिने बरु अन्य विकल्पमा छलफल गर्न तयार रहेको बताउँदै आइरहेका छन् ।
यस्तोमा प्रचण्डको मत निर्णायक हुने अवस्था आएकाले उनलाई निर्णय गर्नका लागि दबाब बढ्दै गएको बताइन्छ । छिटोछिटो कित्ता परिवर्तन गर्ने प्रचण्ड शैलीका कारण स्थायी समिति सदस्यहरुपनि जारी विवादमा प्रचण्डको भुमिकाबारे जान्नका लागि भन्दै खुमलटार पुगेको हुनसक्ने आँकलन गरिएको छ ।
आजको बैठकमा प्रचण्ड निकट १८ स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट भने अनुपस्थित रहेको बताइएको छ । तर रामबहादुर थापा बादल भने बैठकमा पूरै समय नबसेपनि बैठकको सुरुआत र अन्तिममा मिसिएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend