काठमाडौं। काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताइन् ।
वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिले पदको अपेक्षा नगरेको उनको भनाइ छ । महानगरको हकमा युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने,पर्यटकीय,व्यापारिक केन्द्र बनाउने,स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्ने कांग्रेस नेतृ सिंहले बताइन् ।
संकल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्ने बताइन् ।
कार्यक्रममा थापाले भनिन्, ‘महिलाको बाधक महिला नै हुन्छन् भनेर हामीमाथि आरोप छ । सासू,बुहारी,नन्द, अमाजु एकले अर्कोलाई साथ दिएर हिँड्ने हो भने हामीलाई कसैले रोक्न सक्दैन । यो अभ्यास घरबाटै सुरु गर्नुपर्छ ।’ महिला भएकै कारणले मत दिने नभइ भिजन र एजेण्डा हेरेर मत दिन उनले आग्रह गरिन् ।
आफूले जित हाँशिल गरे महिला शशक्तिकरण र हिंसा विरुद्ध लड्ने योजना बनाउने उनले बताइन् ।
त्यसैगरी,विवेकशील साझा पार्टी काठमाडौंबाट मेयरकी उम्मेदवार समिक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठुला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएकोले गुनासो पोखिन् । बाँस्कोटाले सार्वजनिक यातायातमा हुने हिंसाको न्युनीकरण,ढलको समस्या समाधान,सार्वजनिक शौचालय, ढुङ्गेधारा र सम्पदाको संरक्षण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको बताइन् ।
काठमाडौं महानगरकी एमाले उपमेयर उम्मेदवार सुनिता डंगोलले अग्रजहरुको आर्शीवाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरबाट उपमेयरकी उम्मेदवार विनिता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउनु आवश्यक रहेको बताइन् ।
त्यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीकी काठमाडौंमा उपमेयरकी उम्मेदवार कृति तुलाधार, राष्ट्रिय प्रजातन्त्र ललितपुर महानगर उपमेयर उम्मेदवार स्वर्णिमा शाक्य लगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा. शशी अधिकारीले महिला उमेदवारलाई जिताएर महिला जनप्रतिनिधीको संख्यामा उल्लेख्य वृद्धि गर्ने उदेश्यले संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend