दाङ। दाङमा स्थानीय तह निर्वाचनका लागि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ । निर्वाचना कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको हो । ३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजारसुरक्षाकर्मी गरि ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ सय ८१ मतदान केन्द्रका प्रत्येक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिने छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र ३ जना स्वयसेवक परिचालन हुने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
निर्वाचनका लागि निजमाती कर्मचारी, शिक्षकहरु परिचालन हुदैछन । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ३ हजारको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
थप सुरक्षाकर्मीहरु समेत तयारी अबस्थामा राखिने र आबस्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजना सहित सुरक्षा योजना तयार पारिएको प्रमुखद जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । यसैगरी, नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अबस्थामा राख्ने बताएको छ ।
निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पुरा गरेर सुरक्षाकर्मीहरु परिचालन गरिएको दाङमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन् भने मतदान स्थल १ सय ५३ वटा र केन्द्र ४ सय ६१ निर्धारण भएको छ ।मतदाताहरुलाई मतदाता परिचय पत्र बैशाख २८ र २९ गते सम्बन्धीत मतदान स्थलबाट बितरण गरिने छ । सोही दिन नै मतदाता शिक्षा समेत चलाईने निर्वाचन कार्यालयको तयारी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend