ककाठमाडाैं । धिरजप्रताप सिंहकाे आइजिपी नियुक्तिबारे प्रष्टाउँदै गृहसचिव टेकनारायण पाण्डेले सिंह प्रहरी संगठनलाई उपयुक्त भएको दाबी गरेका छन् ।
गृहसचिव पाण्डेले परिपक्कता, जेष्ठता, कार्यकुशलता र कार्यक्षमताले गर्दा सरकारले सिंहलाई आइजिपी बनाएको बताए ।
‘सिंहमा क्षमता देखेर आइजिपी नियुक्त गरेको हो,’ नवनियुक्त आइजिपी सिंहलाई दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा सचिव पाण्डेले भने, ‘सरकारले छनौट गरेको आइजिपी संगठनलाई पनि बढी भन्दा बढी उपयुक्त हुन्छ।’
सिंहमा उत्तरदायित्व बहन गर्ने क्षमता, आफूभन्दा मुनिकालाई प्रोत्साहन र परिचालन गर्ने क्षमता भएको दाबी पनि उनको थियो।