Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा विवादमा राष्ट्रपतिको सक्रियता: डा. शेखरले भने ‘दु:खद’


    सोमबार, साउन ५ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपतिको पछिल्लो गतिविधि प्रति असन्तुष्टि जाहेर गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा राष्ट्रपति मुछिएकोप्रति लक्षित गर्दै यसमा प्रश्न उठाएका हुन् ।

    ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो,’ सोमबार उनले ट्वीटमार्फत् भनेका छन् ‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।’

    उनले थप लेखेका छन्, ‘पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।’

    पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको विवादमा मुछिदै गएकी छिन् । यसअघि पनि पार्टी विवादको क्रममा एउटा पक्षको साथ लिइ फाष्ट ट्रयाकबाट संसद अधिवेशन अन्त्य गर्ने अध्यादेश पारित् गरेको भन्दै उनको आलोचना भएको थियो । यस्तै गत शनिबार नेकपाको सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक विषयमा कुरा गर्न राष्ट्रपति निवासमा पुगेका थिए ।

    डा. शेखरले राष्ट्रपतिको यही सक्रियतालाई लक्षित गर्दै ट्वीट गरेको बुझिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार