Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक युवक पक्राउ


    आइतबार, बैशाख १८ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम। श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन् ।

    भारतबाट व्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका-३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार मण्डलले बोकेको व्यागबाट चार सय थान एक हजारको नोट बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार