Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हातहतियारसहित रुपन्देहीबाट चार जना पक्राउ


    आइतबार, बैशाख १८ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा। रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ ।

    रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार उनीहरूलाई देवदह–६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

    वनमा भरुवा बन्दुकसहित मानिसहरू हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरूको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । 

    चारै जनालाई रुपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार