पोखरा । अटेरी अभियानका अभियन्ता अशोक खड्का पक्राउ परेका छन् । अटेरी अभियानका उम्मेदवारलाई रोजेको चिन्ह दिनुपर्ने मागसहित प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । शनिबार खड्कासहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर आफूहरूलाई लौरो चिन्ह नदिएकोमा विरोध जनाएका थिए ।
प्रहरीले सोही आधारमा पक्राउ गरेको हो । पोखरामा सात जना मेयरका स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन कानुन अनुसार उम्मेदवार संख्या र चिन्हको पहिलो संख्याबाटै रोज्नुपर्ने प्रावधान छ । तर, खड्का लगायत मेयरका उम्मेदवारहरूले आठौँ नम्बरमा रहेको लौरो चिन्ह पाउनुपर्ने बताएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कानुन विपरीत चिन्ह दिन नमिल्ने बताएपछि उनीहरू आक्रोशित भएका हुन् । तर लामो गन्जागोलपछि निर्वाचन आयोगले नै पोखराको मतपत्र छाप्न बाँकी रहेकोले लौरो दिन सकिने बताएको थियो । त्यसपछि सहमति भएर फर्किएका टोलीका एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनले निर्वाचनमा लौरो चिन्ह पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्ने बताएका थिए । उनको भिडियो अहिले पनि फेसबुकमा छ । ‘स्वतन्त्र भनेर हेप्न मिल्छ ? टेक्निकल समस्या भनेर दलका नेताहरूलाई भन्न सक्दैनन्, स्वतन्त्रलाई मात्रै किन ? सूर्य र रुखमा निकाल्नुस् त समस्या,’ उनले भनेका थिए, ‘हामीले लौरो चिन्ह पायौं भने पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ ।’
डीएसपी सुन्दर तिवारीले खड्का पक्राउ परेको पुष्टि गरे । ‘हिजोको अभिव्यक्तिले उहाँलाई पक्राउ गरेका हौं । उहाँले निर्वाचनमा आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । हुलहुज्जत गर्नुभएको छ,’ उनले भने, ‘निर्वाचनको शान्तिलाई खलल पुर्याएकोले पक्राउ गरेका हौं ।’ उनको पक्राउमा पोखराका अटेरी अभियान्ताहरूले विरोध जनाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend