हेटौंडा । स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकामा तीन सय ८८ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । उपमहानगरपालिकाको मेयर, उपमेयर र १९ वडाको अध्यक्ष, वडा सदस्य गरी ९७ पदको लागि तीन सय ८८ जना मैदानमा उत्रिनेछन् ।
यसअघि हेटौंडामा जम्मा चार सय ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये शनिवारसम्ममा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदको लागि २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए तर तीन जनाले मनोनयन फिर्ता लिएपछि चुनावी मैदानमा १८ जना उम्मेदवार बाँकी छन् । यसैगरी उपमेयरको लागि ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि उपमेयर पदको लागि दाबीसहित नौ जना मैदानमा रहनेछन् ।
यस्तै, १९ वटा वडा अध्यक्षको लागि ९३ जना रहेका छन् । एक सय ११ जनाले उम्मेदवारी मनोनयनय गराए पनि १८ जनाले उम्मेदवारी फिर्ता लिएपछि १९ वडा अध्यक्ष पदको लागि ९३ जनाले सहभागिता जनाउनेछन् ।
महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदको लागि दुई सय ६८ जनाको उम्मेदवारी परेको छ । १९ वटा वडाको ७६ सदस्य पदको लागि दुई सय ९४ जनाले उम्मेदवारी दिएका थिए भने २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
हेटौंडाको मेयर पदको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मीनाकुमारी लामा, नेकपा एमालेका अनन्त पौडेल, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खराल रहेका छन् ।
स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, विश्वनाथ पाण्डे र प्रदीप ढकालले निर्वाचनमा सहभागिता जनाउने छन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेका सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले, स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उपमेयर पदको लागि मैदानमा उत्रिने छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend