काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब ३ घण्टा चलेको छलफल सकिएको छ ।
आइतबार यी दुईबीच पार्टीको समस्या समाधानका लागि छलफल भइरहेको थियो । के विषयमा छलफल भएको र कस्तो निष्कर्ष आएको बारेमा दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन् । बालुवाटार स्रोतले भने प्रम ओलीको प्रस्ताव मान्न प्रचण्डलाई आग्रह गरेको र पार्टीमा शक्ति बाँडफाँडको विषयमा छलफल भएको दावी गरेको छ ।
आजको लागि तोकिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
यसअघि शनिबार नेकपा केन्द्रीय सचिवालय बैठक लगत्तै नेकपाका दुई अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएपछि प्रचण्ड समूहका नेताहरु सशंकित भएका थिए ।
तर प्रचण्डले आफूलाई परिबन्धमा पारेर राष्ट्रपति निवास लगिएको बैठकमा बताएका थिए । कुनै काम र कुरा नभएपनि आफूलाई कुरा गर्नका लागि राष्ट्रपति निवासबाट बोलाइएको भन्दै त्यहाँ लगिएको तर खासै केही कुरा हुन नसकेको समेत उनले बताएका थिए ।
सोही बैठकमा प्रम ओलीको अर्ली महाधिवेशनको प्रस्तावको नियत पनि तत्कालका लागि अल्मलाउने नियतले आएको दावी गर्दै उनले सो प्रस्तावमा छलफल गरौं मात्र भनेको तर सहमति नगरेको प्रष्ट पारेका थिए ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend