काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब ३ घण्टा चलेको छलफल सकिएको छ ।
आइतबार यी दुईबीच पार्टीको समस्या समाधानका लागि छलफल भइरहेको थियो । के विषयमा छलफल भएको र कस्तो निष्कर्ष आएको बारेमा दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन् । बालुवाटार स्रोतले भने प्रम ओलीको प्रस्ताव मान्न प्रचण्डलाई आग्रह गरेको र पार्टीमा शक्ति बाँडफाँडको विषयमा छलफल भएको दावी गरेको छ ।
आजको लागि तोकिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
यसअघि शनिबार नेकपा केन्द्रीय सचिवालय बैठक लगत्तै नेकपाका दुई अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएपछि प्रचण्ड समूहका नेताहरु सशंकित भएका थिए ।
तर प्रचण्डले आफूलाई परिबन्धमा पारेर राष्ट्रपति निवास लगिएको बैठकमा बताएका थिए । कुनै काम र कुरा नभएपनि आफूलाई कुरा गर्नका लागि राष्ट्रपति निवासबाट बोलाइएको भन्दै त्यहाँ लगिएको तर खासै केही कुरा हुन नसकेको समेत उनले बताएका थिए ।
सोही बैठकमा प्रम ओलीको अर्ली महाधिवेशनको प्रस्तावको नियत पनि तत्कालका लागि अल्मलाउने नियतले आएको दावी गर्दै उनले सो प्रस्तावमा छलफल गरौं मात्र भनेको तर सहमति नगरेको प्रष्ट पारेका थिए ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend