Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने


    शुक्रबार, बैशाख १६ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो ।

    यसअघि पोखरा महानगरपालिका सहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो । 

    चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा भने एकल रूपमा लड्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार