Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुम्लाका स्थानीय तहकाे कार्यकारी पदको उम्मेदवारमा दलित समुदाय उपेक्षित


    शुक्रबार, बैशाख १६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हुम्ला । हुम्लामा सातवटा स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । ती स्थानीय तहका कार्यकारी पद अध्यक्ष, उपाअध्यक्ष र वडाध्यक्षको उम्मेदवारमा दलित समुदायको प्रतिनिधित्व शून्य देखिएको छ ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गर्दा दलित नेतृत्व सहज रूपमा स्वीकार नगरिएकाले उम्मेदवारी दर्ता शून्य देखिएको हो ।

    जिल्लामा क्रियाशील कुनै पनि दलले दलित अध्यक्ष, उपअध्यक्ष र वडाध्यक्षजस्ता कार्यकारी पदमा टिकट दिएनन् । ताजाकोट गाउँपालिकामा मात्र गठबन्धनबाट वडाध्यक्ष एकजना र स्वतन्त्र एकजना, सिमकोट गाउँपालिका-५ मा एकजना, सर्केगाड गाउँपालिकामा उपध्यक्षमा एकजनाको उम्मेदवारी दर्ता भएको छ । अन्यि ठाउँमा भने दलित समुदायबाट उम्मेदवार शून्य देखिएको छ ।  

    माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत सामाजवादीको संयुक्त गठबन्धन र एमाले र स्वतन्त्र उम्मेदवार गरी अध्यक्षमा ३६ र उपाध्यक्षमा ४३ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २३०, दलित महिला सदस्यमा १०९, महिला सदस्यमा १७३, सदस्यमा ३५० गरी जम्मा ९४१ जनाको उम्मेदवारी परेको छ ।

    यति ठूलो संख्यामा उम्मेदारी दर्ता भए पनि कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व अपेक्षा गरिएअनुसार हुन सकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार