Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महासमिति सदस्य मल्लमाथि मुगुमा अभद्र व्यवहार


    बिहिबार, बैशाख १५ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । महासमिति सदस्य तिलकबहादुर मल्लमाथि अभद्र व्यवहार भएको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

    वैशाख ३० गतेको स्थानीय चुनावका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा पार्टीको काम विशेषले जाँदा सिटिजन्स बैंक लिमिटेड मुगुको कार्यालय अगाडि कांग्रेस मुगुका महासमिति सदस्य पदम रावलकि धर्मपत्नी तथा दर्जन भन्दा बढी महिलाले महासमिति सदस्य मल्ल लाई गाली गलौजका साथ अभद्र व्यवहा गरेको कांग्रेस मुगुका प्रवत्ता प्रकाश शाहीले विज्ञप्ति जारी गरि जानकारी दिएका छन् । 

    महासमिति सदस्य मल्ल गरेको गाली गलौज र अभद्र व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

    यस्तो अमानविय ब्यवहारप्रति कांग्रेस मुगुले निन्दा एवम् घोर भत्सर्ना गरेको विज्ञप्तिमा जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार