Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केशव स्थापितको बचाउ गर्दै ओलीले भने: चुनाव आयो कि मिटू !


    बिहिबार, बैशाख १५ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गरेका छन् । 

    चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै ओलीले महानगरपालिकाका मेयरका उम्मेदवार स्थापितको मिटू आरोपमा बचाउ गरेका हुन् ।

    चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’

    ‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछभन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्यतर्फ अघि बढेका छौं’ उनले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार