काठमाडौं । आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता भेला भएका थिए ।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डको प्रस्तुतिकरणका कारण एउटा गहिरो आशंका उठेको थियो । सोही विषयमा कुरा गर्न भन्दै ती नेताहरु खुमलटार पुगेका थिए ।
शनिबारको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएपछि आशंका बढेको थियो । प्रम ओलीको सचिवालयका केही व्यक्तिले प्रचण्डसँग कुरा मिलेको बताएपछि नै यो आशंका बढेको माधव नेपाल निकट स्रोतले नेपाल फेसलाई बताए ।
यो खबर फैलँदै गएपछि शनिबार राति नै प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दुई अध्यक्षबीच कुनै सहमति नभएकोले भ्रममा नपर्न फेसबुकमार्फत् अनुरोध गरिन् ।
तर पनि प्रचण्ड-ओलीबीचको सहमतिको चर्चा कम हुन सकेन । अझ सचिवालय बैठक चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल समेत बालुवाटार पुगेको खबरले लेनदेनबाट नै सहमति टुंगिन लागेको आशंका चुलिएको थियो ।
तर आइतबारको बैठकमा प्रचण्डले ओलीसँग आफ्नो कुनै सहमति नभएको प्रष्ट पारे । यस्तो सचिवालय बैठकमा प्रम ओलीको अर्ली महाधिवेशनको प्रस्तावको नियत पनि तत्कालका लागि अल्मलाउने नियतले आएको समेत उनले बताएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले भने ।
प्रचण्डले ओलीको प्रस्तावमा छलफल गरौं मात्र भनेको तर सहमति नगरेको प्रष्ट पार्दै हामी सबैको भावना तलमाथि हुन नदिइ समस्याको समाधान हुनुपर्नेमा जोड दिएका थिए ।
यस्तै आफूलाई परिबन्धमा पारेर राष्ट्रपति निवास लगिएको समेत प्रचण्डले बताए । कुनै काम र कुरा नभएपनि आफूलाई कुरा गर्नका लागि राष्ट्रपति निवासबाट बोलाइएको भन्दै त्यहाँ लगिएको तर खासै केही कुरा हुन नसकेको समेत बताएको बैठकमा सहभागी ती स्थायी समिति सदस्यले बताए ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend