काठमाडौं । चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरि समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा नगद ८३ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका–३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भएका ३५ वर्षीय सन्दिप कुमार श्रेष्ठ लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९ सय ७७ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।