बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले खेलराज पाण्डेलाई मेयर पदमा उठाएको छ । कांग्रेसका नगर सभापति रहेका उनी सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका हुन् । यद्यपि, जसपा यो गठबन्धनमा छैन । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । एमालेले २२ वर्षदेखि जित्दै आएको बुटवलमा पाण्डेले आफ्नो चुनावी अभियान कसरी अगाडि बढाइरहेका छन् ? उनका योजना र प्राथमिकता के के छन् ? यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर पाण्डेसँग गरेको कुराकानीः
चुनावी अभियानका क्रममा मतदाताको कस्तो प्रतिक्रिया छ ?
चुनावी अभियानका क्रममा मतदाताकहाँ जाँदा सकारात्मक प्रतिक्रिया पाएको छ । सबैजनाले हौसला दिइरहनु भएको छ । मेरो यो दोस्रोपल्टको प्रतिस्पर्धा हो । यसअघिको निर्वाचनमा पराजित भएका कारणले पनि धेरै मतदाताले सहानुभूति प्रकट गर्नुभएको छ । उहाँहरुको प्रतिक्रिया हेर्दा चुनाव सहजै जित्छु ।
चुनाव जित्ने आधार चाहीँ के छन् ?
बुटवलको विकासका लागि मसँग नयाँ योजना छ । नयाँ सोच र चिन्तनका साथ मैले बुटवलको विकासलाई अगाडि बढाउने दृढ संकल्प लिएको छु । यहाँ सुकुम्बासी र अव्यवस्थित बसोबासीको ठूलो समस्या छ । यसको समाधानका लागि भूमि आयोग नै आवश्यक पर्दैन । वैकल्पिक बाटोबाटै मैले यसको समाधान गर्नेछु । बुटवल उपमहानगरपालिकामा सबै दललाई आउने वातावरण निर्माण गर्छु । सबै राजनीतिक दलका नेता, कार्यकर्ता अट्ने व्यवस्थित हल बनाउँछु । हरेक काममा सबै क्षेत्रलाई समेटेर अगाडि बढाउँछु ।
चुनाव जितेपछि तपाईंका प्राथमिकताका क्षेत्रहरु के के रहन्छन् ?
एउटा प्राथमिकताको क्षेत्र त सुकुम्बासी समस्याको समाधान हो । त्यो मैले माथि भनिसकेँ । त्यस्तै दोस्रो प्राथमिकता भनेको ज्योतिनगर पहिरो नियन्त्रण, तिनाउ कोरिडोर र औद्योगिक क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि मेरो प्रयत्न रहने छ । त्यसैगरी बुटवलमा बेलाबेलामा फोहरमैला व्यवस्थापनको समस्या जटिल बनेर आउँछ । यसका लागि पनि हामीले योजना बनाएर काम गर्ने छौं ।
२२ वर्षदेखि बुटवलमा एमालेले जित्दै आएको छ, एमालेको गढ भत्काउन कत्तिको चुनौती छ ?
म गएको निर्वाचनमा जम्मा २३ सय मतको अन्तरले मात्र पराजित भएको हुँ । यो भनिरहँदा कसरी एमालेको गढ भयो ? ठूलो अन्तरले चुनाव जितेका ठाउँमा त परिणामहरु उल्टिएका छन् भने बुटवलमा सहजै उल्ट्याउन सकिन्छ । योपटक बुटवलबासीहरुको मन बदलिएको छ । विगतमा पराजित भएको कारणले पनि यसपटक हेरौं भन्ने धावना धेरै नागरिकमा पाएको छ । सबैको सद्भाव पाएकाले चुनाव जित्नेमा म ढुक्क छु ।
कांग्रेसभित्र तीव्र असन्तुष्टि छ, क्षेत्रीय सभापतिले त तपाईंको उम्मेदवार सिफारिसलाई लिएर राजीनामै दिनुभयो, यसले कत्तिको असर गर्छ ?
यी सामान्य कुरा हुन् । मेरो सिफारिस नगर समितिले गरेको हो । त्यस्तै क्षेत्रीय समितिले पनि अनुमोदन गर्यो भने जिल्ला समितिले पनि अनुमोदन गरेपछि मैले टिकट पाएको हुँ । यस्ता झिना मसिना कुराले असर गर्दैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend