Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटार अगाडि निर्माण व्यवसायीको धर्ना


    बिहिबार, बैशाख १५ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा आजदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइने भएको छ ।

    विभिन्न शान्तिपूर्ण कदम चाल्दा पनि आफ्ना माग पूरा नभएकोले बाध्य भएर धर्ना दिनुपरेको व्यवसायीको भनाइ छ । उनीहरूले माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिने बताएका छन् ।

    व्यवसायीले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिलगायत विषय संशोधन तथा खारेजीको माग गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार