Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजको उम्मेदवारी कायम, पोखरेलले फिर्ता लिए उम्मेदवारी


    बिहिबार, बैशाख १५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ ।

    यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि ‘को आधिकारिक उम्मेदवार हुन्’ भन्ने विवाद चर्किएको थियो । 

    पोखरेलले बुधबार साँझ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई कांग्रेसबाट मेयरका एक मात्र उम्मेदवार कायम भएका छन् । कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि गठबन्धन कायम हुनेरनहुनेमा समेत आशंका पैदा गरेको थियो । 

    गठबन्धन दलबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । सो सहमति अनुसार माओवादी केन्द्रले भने विसन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार