Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गर्भवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


    बुधबार, बैशाख १४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गर्भवतीलाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतीपुर घर भइ हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्ने सागर शाही रहेका छन् ।
    सागरमाथि गत चैत ८ गते महिलाको कोठामा प्रवेश गरी विभिन्न डर त्रास देखाएर बलात्कार गरेको आरोप लागेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
    शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको  लागि प्रहरी वृत्त थानकोट, काठमाडौंमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार