Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीका अर्याललाई एआईजीको दर्ज्यानी चिह्न प्रदान


    बुधबार, बैशाख १४ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    आज बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आईजीपी पुष्पराम केसीले  अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को बैशाख १३ मा अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा आईजीपी केसीले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक विकासमा पुर्याएको योगदानको कदर गर्दै सरकारले अर्याललाई पदोन्नति गरेको बताए ।
    २०५४ साल चैत्र १८ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ मा सशस्त्रमा आएका हुन् ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार