Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रणनीति निर्माणमा जुटे प्रचण्ड-नेपाल पक्ष


    आइतबार, साउन ४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवादका समाधानको रणनीति बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेताहरु भेला भएका छन् ।

    विवाद समाधानमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली एक कदम पछि हटेपछि आइतबार प्रचण्ड निवासमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठक बसेको छ। यसअघि शनिबारको बैठकमा प्रम ओलीले विवाद समाधानका लागि तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा नमाग्न र त्यसबाहेकका मागमा आफूले हदैसम्म लचकता अपनाउने बताएको खुमलटार स्रोतले नेपाल फेसलाई बताएको छ । 

    सोही अनुसार केही प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरु परिवर्तन लगाएतका रणनीति तयार गर्नका लागि खुमलटारमा बैठक चलिरहेको स्रोतको दावी छ ।

    अहिले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिइएको छ।  सो मन्त्रालय र अर्को दुई मन्त्रालयसहित दुई प्रदेशको मुख्यमन्त्रीमा प्रचण्ड-नेपाल समूहलाई दिने लगायतको प्रस्तावको विषय पनि बैठकमा छलफल हुने बताइएको छ ।

    यसअघि प्रम ओली र प्रचण्डबीच मात्र सहमति भयो भनेर चर्चित भएको खबर गलत रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दुई अध्यक्षबीच अहिलेसम्म कुनै सहमति नभएको र सम्पुर्ण विषयहरु छलफलकै क्रममा रहेको बताएकी थिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार