काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवादका समाधानको रणनीति बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेताहरु भेला भएका छन् ।
विवाद समाधानमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली एक कदम पछि हटेपछि आइतबार प्रचण्ड निवासमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठक बसेको छ। यसअघि शनिबारको बैठकमा प्रम ओलीले विवाद समाधानका लागि तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा नमाग्न र त्यसबाहेकका मागमा आफूले हदैसम्म लचकता अपनाउने बताएको खुमलटार स्रोतले नेपाल फेसलाई बताएको छ ।
सोही अनुसार केही प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरु परिवर्तन लगाएतका रणनीति तयार गर्नका लागि खुमलटारमा बैठक चलिरहेको स्रोतको दावी छ ।
अहिले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिइएको छ। सो मन्त्रालय र अर्को दुई मन्त्रालयसहित दुई प्रदेशको मुख्यमन्त्रीमा प्रचण्ड-नेपाल समूहलाई दिने लगायतको प्रस्तावको विषय पनि बैठकमा छलफल हुने बताइएको छ ।
यसअघि प्रम ओली र प्रचण्डबीच मात्र सहमति भयो भनेर चर्चित भएको खबर गलत रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दुई अध्यक्षबीच अहिलेसम्म कुनै सहमति नभएको र सम्पुर्ण विषयहरु छलफलकै क्रममा रहेको बताएकी थिइन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend