सुर्खेत । यस पटककाे स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश दलले उम्मेदवारकाे टिकट वितरणमा आफन्त र गुटका कार्यकर्तालाई प्राथमिकता दिएकाे आराेप छ । गुट र आफन्तकाे दबाबका कारण टिकट पाउनेको ठुलै जमात रहेकाे कार्यकर्ताहरूकाे गुनासाे छ ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीका बाबा गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पुनः उम्मेदवार भएका छन् । हिमा गाउँपालिका अध्यक्षका उम्मेदवार अमरजंग शाही माओवादी नेता तथा पूर्व राज्यमन्त्री गोमा कुँवारका भाइ हुन् । गोमाकै श्रीमान् वीरबहादुर कुँवर तातोपानी गाउँपालिकाका अध्यक्षका उम्मेदवार छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाय सांसद गजेन्द्रबहादुर महतका नातेदार पर्छन् ।
जाजरकोट जुनिचाँदे गाउँपालिकाकी उम्मेदवार शिवा आचार्य (बस्नेत) नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामदिप आचार्य र मायाप्रसाद शर्माकी नातिनी हुन् ।
उनी गुटको हिसाबले माओवादी नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतसँग नजिक छन् । आचार्यमा यो भन्दा पहिला गाउँपालिका कार्यवाहक अध्यक्ष भएर गाउँपालिका चलाएको अनुभव छ । जनसँस्कृतिक परिवारमा काम गर्ने कलाकार आचार्य शान्ति प्रक्रियासँगै सक्रिय राजनीतिमा लागेकी थिइन ।
जुनिचाँदेमा माओवादीले स्थानीय तहको चुनाव लड्दा भूगोलको समिकरण मिलाउन आचार्य परिवारको चर्को दबाबपछि उनलाई गाउँपालिकाको उपाध्यक्षको टिकट दिइएको थियो । त्यसपछि माओवादीको राम्रो पकट रहेको जुनिचाँदेमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जित्यो । गाउँँपालिकाका अध्यक्षलाई अख्तियारले घुससहित फेला पारेको भन्दै कारवाही गारेपछि आचार्यले कावा अध्यक्ष चलाएकी थिइन । अहिले उनै शिवा गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेकी छिन् ।
दैलेखको नारायण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा उनी नारायण नगरपालिका–७ को वडा सदस्य निर्वाचित भएकी थिइन । कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा विन्द्रासैनी नगरप्रमुखमा उम्मेदवारी पाएका छन् । मन्त्री शाहीकै दबाबमा उनलाई उम्मेदवार बनाएको आरोप छ ।
दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । शाह जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत रहेकी उनी निर्वाचित भएदेखि पाँच वर्षसम्म गाउँ नआएको आरोप छ ।
नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छन् । रुकुम पश्चिमको मुसीकोट नगरप्रमुखमा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले टिकट पाएका छन् । उम्मेदवार सिफारिस भएका शर्मा मुसीकोटका वर्तमान नगरप्रमुख देवीलाल गौतमका दाईका छोरा हुन् ।
जाजरकोट बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह पार्टी सभापति वेदराज सिंहका नजिकैका नातेदार हुन् । योभन्दा अगाडि शाह गाउँपालिकाको अध्यक्ष नै थिए । माओवादीबाट जाजरकोटकै भेरी नगरपालिकाको उपमेयरकी उम्मेदवार रहेकी कृष्ण शर्मा माओवादी नेता रामदिप आचार्य, मायाप्रसाद शर्माकी नातिनी हुन् । उनका पति योभन्दा अगाडि नेकपा माओवादी केन्द्र जाजरकोटका अध्यक्ष थिए । जुनिचाँदे गाउँपालिकाकी अध्यक्षकी उम्मेदवार शिवा र कृष्ण सोहदर दुई बैनी हुन् ।
नेकपा एमाले निकट शिक्षक तथा बुद्धिजिवी परिषद्का गोरखबहादुर सिंहकी श्रीमती गीता सिंह जाजरकोटको बारकोट गाउँपालिका उपाध्यक्षकी उम्मेदवार हुन् । एमालेका केन्द्रीय सदस्य डम्बर सिंहका भान्जा भक्तबहादुर बस्नेत वडाध्यक्षका उम्मेदवार हुन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend