दिलमाया शाही
जुम्ला । यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।
कनकासुन्दरी गाउँपालिकाको अध्यक्षको लागी कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै सिजा गाउँपालिकाको अध्यक्षको लागि यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै सिजा गाउँपालिकाको १ वडाध्यक्ष पदको लागी शक्त सिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यको लागी गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै हिमा गाउँपालिका ६ वडाध्यक्षको लागी रमेश रावल, कमरेड (बिक्रन्तले) उम्मेदवारी दिएका छन् । ६ वडाध्यक्षका लागी स्वतन्त्र उम्मेदवारीका रमेश रावत ‘विक्रान्त’ यसअघि संसदीय व्यवस्था असफल छ यसलाई परिवर्तन गरेर जनताको व्यवस्था ल्याउनुपर्छ भनेर लागेको बत्ताउँछन् । उनले भने, ‘यस पटक स्थानीय निर्वाचनका लागि वडाध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार दिएको छु ।’
उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण जनताले दुख पाएको बताए । उनले शिक्षित, विद्वान् दक्ष,क्षमतावान् युवा विद्यार्थी तथा साझा स्वतन्त्र उम्मेदवारलाई रोज्न अनुरोध गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend