काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
उनले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिएको टिप्पणी गरेका छन् ।
उनले एमाले घोषणापत्रलाई उडन्ते गफ जस्तो हावामा उडिरहने भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन् , ‘जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ ! `जमिनमा टेकेर गर्न सकिने कामहरू´ मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !’
शर्माले एमाले अध्यक्ष ओलीले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरुको गफको पुलिन्दाको संज्ञा दिए ।
‘मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ’ ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘माफ गर्नोस् श्रद्देय कमरेड `उडन्ते सपनाहरुको गफको पुलिन्दा´लेख्न कांग्रेसलाई आएन !’
चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरीत्र सम्मको चिरफार गर्न उनले आग्रह गरेका छन् । खरा प्रश्न गर्न जनतालाई अपील गर्न र जिम्मेवार ढंगले जवाफ पेश गर्न उनले आग्रह गर्दै भनेका छन्, ‘तर मर्यादा भन्दा तल गालिमा नझरौं !´सानोदेखि लागेको बानी´ भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिंदैन, चेतना भया !’
मंगलबार एमाले अध्यक्ष ओलीले कांग्रेस घोषणा पत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर टिप्पणी गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend