तनहुँ । जिल्लाका १० वटै स्थानीय तहमा सोमबार तामझामका साथ मनोनयन दर्ता भएको छ । आइतबार दिनभर सुनसान बनेको स्थानीय निर्वाचन अधिकृतको कार्यालय सोमबार अन्तिम समयमा ठूला दलका उम्मेद्वारको भिड लाग्यो । ठुला दल बाजागाजासहित दर्तास्थल सम्म पुगेर मनोनय दर्ता गराए । सोमबार राती अबेरसम्म उम्मेद्वारको मनोनयन दर्ता भएको थियो ।
उम्मेद्वार छनोटमा विवाद हुदाँ अन्तिम समयसम्म पनि रस्साकस्सी थियो सबै जसो दलमा । सत्ता साझेदार दलले गठबन्धन गर्ने भनिएपनि केही स्थानीय तहमा मात्र गठबन्धन गरेर उम्मेद्वारी दर्ता गरिएको छ । सबै जसो दलहरुले स्थानीय तहको प्रमुख उपप्रमुखमा अघिल्लो पटक निर्वाचित भएकालाई दोहो¥याएका छन् । निर्वाचित पुरानै अनुहार दोहो¥याउनेमा नेपाली कांग्रेस अगाडी छ ।
कांग्रेसले जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना र उपाध्यक्षमा बालकृष्ण घिमिरेलाई दोहोर्याउँदै मनोनयन दर्ता गराएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि दोहोर्याउने सुरमा छन् । अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसले व्यास नगरपालिकाको मेयरमा बैकुण्ठ न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापालाई दोहोर्याउँदै मनोनयन दर्ता गराएको छ ।
एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, भिमाद नगरपालिकाको उपमेयरमा शारदा खनाललाई दोहोर्याउदैँ मनोनयन दर्ता गराएको छ । माओवादी केन्द्रबाट बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङले मनोनयन दर्ता गराएका छन् । यी दुवै अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।
अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेद्वारहरूमा पनि यसपालि फेरि दोहोरिएका छन् । एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेले दोहोर्याएको छ । देवघाट गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले सावित्रा न्यौपानेलाई दोहोर्याएको छ । उनी अघिल्लो पटकको निर्वाचनमा कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन् । आँबुखैरेनीको उपाध्यक्षमा एमालेकी मिना अधिकारीले उम्मेद्वारी दिएकी छन् । उनी पनि अघिल्लो निर्वाचनमा उपाध्यक्षमै पराजित भएकी थिइन् ।
देवघाटमा माओवादीले अध्यक्ष उपाध्यक्ष अघिल्लो पटककै दोहोर्याएको छ । तर, हेरफेर गरेर दोहोर्याएको छ । अध्यक्षमा सुशीला नेपाल र उपाध्यक्षमा भुवनसिंह गुरुङले मनोनयन दर्ता गराएका हुन् ।
गएको निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा पराजित भएका शंकरनारायाण श्रेष्ठले यसपाली एकिकृत समाजवादीको तर्फबाट मेयरमै मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट गएको निर्वाचनमा उपमेयरमा पराजित अतिन्द्रकेशरी न्यौपानेले पनि मेयरमा उम्मेद्वारी दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend