Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • छलफल जारी राख्‍ने नेकपा सचिवालयको निर्णय


    शनिबार, साउन ३ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सकिएको छ। चार घण्टा चलेको बैठकले विवाद समाधानका लागि छलफल जारी राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको एकतालाई सुदृढ पार्दै थप गृहकार्य सहित छलफल अघि बढाउने निर्णय भएको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिको आधारमा सम्बोधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेको, एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने प्रस्ताव तयार गर्ने, छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने छलफल र निर्णय भएको छ।’ 

    तर सचिवालय बैठक सकिएलगत्तै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। 

    दुई अध्यक्षसँगै पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि शितल निवास पुगेको स्रोतले बताएको छ।

    नेकपा विवाद समाधानका लागि बसेको सचिवालय बैठक चार घण्टा चलेको थियो । विवादको समयमा नेताहरु राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार