Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आमाछोदिङमो गाउँपालि : अध्यक्षमा एमालेका दुई जनाकाे उम्मेदवारी, दु्बैकाे मनाेनयन रद्द


    मंगलबार, बैशाख १३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रसुवा। रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा(एमाले)बाट दुई जनाकाे उम्मेदवारी परेकाे छ । तर, निर्वाचन अधिकृतकाे कार्यालयले दुबै जनाकाे उम्मेदवारी रद्द गरिदिएकाे छ ।

    एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदकाे बन्द सूचीमा नाम पठाइएकाे थियाे । तर, निर्वाचन आयाेगले स्थानीय तहकाे जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनकाे नाम हटेकाे थिएन ।

    हाल एमाले नेता रहेका तामाङलाई पार्टीले उम्मेदवार बनाए पनि निमानुसार नभएपछि निर्वाचन अधिकृतकाे कार्यालयले उम्मेदवारी रद्द गरिदिएकाे हाे ।

    तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङकाे नाममा मनाेनयन दर्ता गराएकाे थियाे । 

    तरः नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको भन्दै उनकाे उम्मेदवारी पनि रद्द गरिएकाे छ ।

    उम्मेदवारी रद्दकाे सूचना निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलले जारी गरेका छन् ।

    ‘एमालेले नै एउटै पदमा दुई वटा उम्मेदवारीलाई आधिकारीकता दिएको देखिन्छ, एक जनाको त समानुपातिकको बन्द सूचीमा छ,’ आमाछोदिङमो मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने, ‘दुई उम्मेदवार एकैपटक आएको भनेर प्रविष्टबाट बाहिर निकाल्ने भनेका छौँ, प्रतिवेदन तयार पारी निर्वाचन आयोगमा पठाउँदैछौँ, आयोगको निर्देशन बमोजिम अघि बढ्छौँ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार