तनहुँ । व्यास नगरपालिकाको मेयर र उपमेयरमा ठुला दलको पनि मनोनयन दर्ता सुरु भएको छ । केहीबेर अगाडि माओवादी केन्द्रबाट मेयरमा अतिन्द्रकेशरी न्यौपाने र उपमेयरमा देवा सुर्खालीले मनोनयन दर्ता गराएका छन् ।
व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत हुन् ।
नेकपा एमाले र गोविन्दराज जोशी समूहबाट मेयर र उपमेयर दुवै उम्मेद्वारले मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । मेयरमा जोशीपुत्र दिपकराज जोशीले र उपमेयरमा नेकपा एमालेकी बसुन्धरा घर्तीले मनोनयन दर्ता गराउँदै छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार पनि मनोनयन दर्ता गर्नलाई दर्तास्थलमा पुगेका छन् । एकीकृत समाजवादीबाट मेयरमा शंकरनारायण श्रेष्ठ र उपमेयरमा मनुमाया श्रेष्ठले उम्मेद्वारी दिनेछन् ।
कांग्रेसबाट हालका मेयर बैकुण्ठ न्यौपानेले मेयर र इन्दिरा दरैले उपमेयरमा उम्मेद्वारी दिनेछन् ।
आइतबार पनि व्यास नगरपालिकामा मेयरमा मात्र तीन जनाको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट पार्वती कार्की, विवेकशील साझाबाट रमेशप्रसाद आचार्य र मङ्गोल नेशनलबाट अनिता थापा मगरको उम्मेदवारी परेकाे छ । उपप्रमुखमा मंगोल नेशनलबाट अर्गनाइजेशनबाट श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुको उम्मेदवारी परेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend