Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पोखराको मेयरमा ११ जनाको उम्मेद्वारी दर्ता, एमाले र गठबन्धनमा कुरा मिलेन


    आइतबार, बैशाख ११ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिकाको मेयर बन्न आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले नाम दर्ता गरेका हुन् ।

    राजनीतिक दलबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । पार्टीबाट ५ र स्वतन्त्र ६ जनाले उम्मेद्वारी दिएका हुन् ।

    राप्रपाबाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका हुन् ।

    स्वतन्त्रबाट खड्कराज पौडेल (गनेश), किशानसिंह गुरुङ, नवराज बास्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस्तै, उपमेयरमा ४ जनाले नाम दर्ता गरे । सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्रबाट सोममाया विकको नाम दर्ता भएको कार्यालयले जनाएको छ ।

    मुख्य पार्टीहरुले भने सोमबार मात्रै उम्मेद्वारी दर्ता गर्ने बताएका छन् । गठबन्धन र एमालेले अझै उम्मेद्वार टुंगो लगाएका छैनन् । 

    एमालेका मेयरका उम्मेदवार दीपक पाौडेलले सुनचाँदी पसलबाट सुनको सिक्री चोरी गरेको भिडियो नै सार्वजनिक भएपछि उनको उम्मेदवारी फिर्ता गर्ने दबाब पार्टीमाथि परेको छ । संभवतः एमालेबाट वर्तमान उपमेयर मन्जु गुरुङ मेयरको उम्मेदवार हुने संभावना छ । एमाले अध्यक्ष खड्गप्रसाद ओलीमाथि पौडेललाई पोखराको मेयर उम्मेदवार बनाए पनि उनका कारण पराजीत हुने भएकाले फिर्ता लिएर अर्को उम्मेदवार छान्न दबाब परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार