झापा । झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धनको तयारी गरेका छन् । केन्द्रमा एमालेबाहेक पाँच दलीय सत्ता गठबन्धन बनिरहेको वेला कचनकवलमा भने प्रमुख प्रतिपक्षी एमाले र सत्तापक्षीय दलबीच गठबन्धनको तयारी भएको हो ।
राप्रपाको आधार मानिएको कचनकवलमा एमाले र कांग्रेसको गठबन्धनको तयारी भइरहेको एमाले कचनकवलका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । त्यही कारण एमालेले आइतबार मनोनयन दर्ता नगराएको उनको भनाइ छ ।
सोमबारसम्म नेकपा माओवादी केन्द्र पनि गठबन्धनमा आउने गरी छलफल अघि बढिरहेको उनले बताए । ‘यसअघिसम्म अध्यक्ष र उपाध्यक्षमा मात्र तालमेल गर्ने गरी छलफल अघि बढिहरेको थियो । माओवादी केन्द्र पनि आउने गरी छलफल अघि बढेपछि वडा तहसम्म गठबन्धन हुन्छ,’ भट्टराईले भने, ‘सोमबार मनोनयन दर्ता गर्ने बेलासम्म यसको टुंगो लाग्नेछ ।’
यो गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका अञ्जारा आलमले विजयी हासिल गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने यो गाउँपालिका राप्रपाको उर्वर गाउँ हो । यो गाउँपालिकामा राजतन्त्रको अवशेष कायम रहेकाले लोकतान्त्रिक दलको गठबन्धन आवश्यक रहेको भट्टराईले बताए । ‘यो गाउँपालिकामा राजतन्त्रको अवशेष बाँकी छ । यसलाई निस्तेज पार्न लोकतान्त्रिक पार्टीबीच गठबन्धन गर्न लागेका हौं,’ उनले भने ।
यहाँ कांग्रेसलाई अध्यक्ष र एमालेले उपाध्यक्ष लिएर तालमेल गर्ने गरी छलफल अघि बढिहरेको भट्टराईले बताए । कांग्रेसले अध्यक्षमा कालेन्द्र राजवंशीको नाम अघि सारेको छ भने एमालेबाट उपाध्यक्षमा भट्टराई कै नाम अघि छ । यद्यपि कांग्रेसले भने गठबन्धनका लागि एमालेसँग सामान्य छलफल मात्र भएको जनाएको छ । गाउँसभापति तुलसीराम अधिकारीले तालमेल भने भइनसकेको बताए । ‘हामीलाई कार्यकर्ताको दबाब छ । एकल चुनाव लड्नुपर्ने अवस्था आउला जस्तो छ,’ उनले भने, ‘एमालेसँग छलफल भएको हो । तर, कुनै सहमति भएको छैन ।’
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend