Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना प्रभावित उद्योग तथा व्यवसायलाई ५ प्रतिशत ब्याजमा ऋण


    शुक्रबार, साउन २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम लगायतका व्यवसायलाई ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने राष्ट्र बैंकले घोषणा गरेको छ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    यस्ता उद्योग सञ्चालन एवंम् निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेहरुलाई उद्यमशिलता विकासको अवसर दिन यस्तो सुविधा दिन लागेको बताइएको छ । 

    यसका लागि बजेटमा व्यवस्था भए बमोजिम स्थापना हुने ५० अर्बको कोष परिचालन गर्ने भनिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार