काठमाडौं । भारतबाहेक तेस्रो देशबाट सामान आयात गर्दा ड्राफ्ट र टीटीमा हुने भुक्तानीका लागि उपलब्ध हुने विदेशी मुद्रा सटहीको सुविधा बढाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
अहिले ३० हजार डलर सटही सुविधा पाउने व्यवस्था रहेकोमा त्यसलाई ३५ हजार अमेरिकी डलर पुर्याइएको छ।