Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • शेयर धितो कर्जाको सीमा बढ्यो


    शुक्रबार, साउन २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूँजी बजारलाई राहत दिने गरी शेयर धितो कर्जाको सीमा बढाइएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    केन्द्रीय बैंकले शेयर धितो कर्जाको सीमा बढाएर ७०% पुर्‍याएको छ । यसअघि शेयर धितो कर्जा राखेर ६५% सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५% बढाएर ७०% पुर्‍याएको हो ।

    यसैगरी, १ सय ८० दिनको औसत मूल्यांकन अवधिलाई  घटाएर १२० दिनमा झारिएको छ। यसले पूँजी बजारका लगानीकर्ताले शेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार