Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५४ अर्ब बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर


    शुक्रबार, साउन २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल सरकार र विश्व बैंकबीच कोरोना पछिकाे आर्थिक गतिविधिलाई बढाउन ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब) बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ । 

    शुक्रबार भएको हस्ताक्षर कार्यक्रममा यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्ने र रणनैतिक सडक सञ्जाल व्यवस्थापनमा सहज हुने बताइयो । आयोजना नेपाल सरकार र विश्व बैंकबीच भएको आजसम्मकै ठूलो राशिको एकल आयोजना भएको बताइएको छ ।

    अर्थमन्त्री युवराज खतिवडा उपस्थित कार्यक्रममा नेपाल सरकारकातर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिम्भस, नेपाल र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौता पत्रमा हस्तार गरेका छन् ।

    कार्यक्रममा मन्त्री खतिवडाले आयोजनाले सीमापार बजार लगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणका साथै कोरोना पछिको आर्थिक पुनरुत्थानलाई सघाउने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार