Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऋणीले राहत पाउने व्यवस्थासहित मौद्रिक नीति आउँदै


    शुक्रबार, साउन २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र बैंक सञ्चालक समितिको आज बिहानको बैठकले मौद्रिक नीति पारित गरेको छ।

    बैंकका ऋणीहरुलाई ऋण तिर्ने समय दुई वर्षसम्म थपिदिने, घर र सवारी साधनको कर्जामा खुकुलो नीति अपनाउने तथा शेयर धितो कर्जाको सीमा बढाउनेसहितका नयाँ व्यवस्था मौद्रिक नीतिले घोषणा गर्ने तयारी रहेको बताइएको छ।

    बैंकका ऋणीहरुले ऋण तिर्ने समय बढाउन माग गर्दै आएका छन् । व्यवसायीहरुको माग अनुसार बैंकको ब्याजलाई पूँजीकरण गर्न मिल्ने व्यवस्था समेत मौद्रिक नीतिमा आउने अपेक्षा छ।

    त्यस्तै, ठूला बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन गर्ने नीति पनि घोषणा गरिनेछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अपराह्न ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तालिका रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार