काठमाडौं । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेकाले बैठक स्थगित भएको बताइएको छ ।
आज बैठक बस्नका लागि हिजो दुई अध्यक्षले सहमति गरेकाले अधिकांश स्थायी कमिटी सदस्यहरु तयार रहेका थिए । अन्तिम समयमा बैठक स्थगति भएको सूचना पाएसँगै ती सदस्यहरु बालुवाटार नगएको बुझिएको छ ।
पछिल्लो १५ दिनमा नौ पटक दुई अध्यक्षबीच छलफल भएपनि नेकपाको विवाद मिल्न सकेको छैन । प्रम ओली र प्रचण्ड दुबैपक्षले आफ्नो अडान नछोडेको कारण विवाद मिल्न नसकेको बताइन्छ ।
तर पछिल्लो समय भने प्रम ओलीले प्रचण्डलाई पार्टीमा प्रभावकारी रुपमै कार्यकारी अध्यक्ष बन्न सघाउने विषयमा अनौपचारिक सहमति भएका छन् । तर स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कुरा नमिलेको स्रोतले नेपाल फेसलाई जानकारी दिएको छ।
प्रचण्ड समूह भने स्थायी समिति बैठकबाट केन्द्रीय समिति बैठक आव्हान गर्नका लागि जोड गरिराखेको छ भने प्रम ओली यसको विपक्षमा रहेको बताइन्छ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend