काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा केही काम हुन नसकेको, भ्रष्टाचार मात्र बढेको भन्दै पार्टीभित्र उनको राजीनामा माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिका केही सदस्यहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका छन् । स्थायी समितिका केही सदस्यहरुबाट राजीनामा मागिएपछि स्थायी समिति बैठक लगातार स्थगित हुँदै २०७७ साउन २ गते पुगेको छ । ओलीको सरकार असफल हुनुमा उनी मात्र जिम्मेवार छन् त ?
सरकारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको कोटाबाट मन्त्री हुनेहरु चाहिं सफल भएका छन् त ? राम्रा काम गरेका छन् त ? पार्टीको नीतिअनुसार उनीहरुले काम गरेका छन् त ? यो प्रश्न पनि उठेको छ । भागवण्डामा मन्त्री पठाउने र ती मन्त्रीहरुले कुनै कार्यक्षमता देखाउन नसक्ने तर त्यसको दोष सबै प्रधानमन्त्री केपी ओलीमाथि हाल्ने नेकपा नेतृत्वको कदमलाई पनि नेता-कार्यकर्ताहरुले उपयुक्त ठानेका छैनन् । प्रचण्डको कोटामा खानेपानी मन्त्री भएकी उनकी बुहारी बिना मगरले पद सम्हाल्नासाथ २०७४ साल दशैंमा मेलम्चीको पानी काठमाडौंको घर घरमा पुग्ने भाषण गरिन् । तर ३ वर्ष बितिसक्दा पनि २०७७ सालको दशैंमा पनि मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने सम्भावना देखिएको छैन ।
इटालियन ठेकेदार कम्पनी सीएमसी भाग्न लागेपछि मात्र मन्त्रीले चाल पाइन । यस्ता असक्षम मन्त्रीले चाहिं जिम्मेवारी बोक्नु नपर्ने ? तिनै मन्त्री मगरका सचिवालयमा राखिएकाहरु प्रधानमन्त्री ओलीविरुद्ध सडक प्रदर्शनमा समेत सहभागी हुने गरेको देखिन्छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ ९२६ किमि मार्गभित्रको गेट मंगलबार एक्कासी फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो । मेलम्ची आयोजनाको पानी नआउँदै यस्तो दुर्घटना भएको जिम्मेवारी बिना मगरले लिने कि नलिने ?
बिना मगर एक उदाहरण हुन्, प्रचण्डका कोटामा नियुक्त भएका वनमन्त्री शक्तिबहादुर बस्नेतले समेत सिन्को भा“च्न सकेका छैनन् । माधव नेपालको कोटामा मन्त्री भएकाहरुको अवस्था पनि त्यस्तै छ । तर दोष जति सबै केपी ओलीको टाउकोमा राख्नु कति उचित हो ? यो प्रश्न नेकपाका कार्यकर्ताहरुबीच उठ्ने गरेको छ ।
प्रचण्डको कोटामा मन्त्री भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मलेसिया जाने कामदारस“ग गैरकानूनीरुपमा करिब २ अर्ब ठगी गर्ने कैलाश खड्कालाई वैदेशिक रोजगार बोर्डको सदस्य बनाए । मन्त्री यादवले करोडका बिटा घुस लिएर सदस्य बनाइएको आरोप लागेको छ । खड्कामाथि २ अर्ब ठगी गरेको आरोपमा यस अघिका श्रममन्त्री गोकर्ण विष्टको पालामा प्रहरीले ठगी मुद्दा चलाएको थियो । खड्का वैदेशिक रोजगारीमा जाने कामदारस“ग बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा चर्काे शुल्क असुली गर्ने नाइके हुन् । उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको संरक्षणमा उनले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली भित्र्याएर चर्काे शोषण गरेका थिए । यस्ता ठगीमा मुछिएकालाई प्रचण्डका मन्त्रीले घुस खाएर बोर्ड सदस्य बनाए । तर यसको दोष पनि केपी ओलीमाथि नै थोपरिएको छ । प्रचण्ड, माधव नेपालजस्ता नेताहरुको कोटामा मन्त्री हुनेहरुले निहीत स्वार्थपूर्तिका लागि मनपरी गर्ने तर दोष भने सबै केपी ओलीले मात्रै बोक्नुपर्ने ? कोटामा मन्त्री भएकाहरुले केही जिम्मेवारी लिनुनपर्ने ? यो प्रश्न नेकपा बृत्तमा उठेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend