Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अजोड इन्स्योरेन्सको आईपीओ आज दिउँसो ३ बजे बाँडफाँड हुने


    शुक्रबार, साउन २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अजोड इन्स्योरेन्सको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने भएकोछ ।

    कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो। त्यसमध्येबाट ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियो। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो।

    कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको क्यापिटलले जनाएको छ। त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली हुनेछ। अजोडको आईपीओमा ४३.६५ प्रतिशत लगानी कर्ताको हात खाली हुने भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार