Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदेशिक रोजगार कम्पनी नवीकरणको बाटो खुल्यो


    शुक्रबार, साउन २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ  । चालू आर्थिक वर्ष २०७७/ ७८ मा सबै वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई इजाजत नवीकरण हुने बाटो खुलेको छ । सरकारले कोभिडको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर एक सय श्रमिक विदेश पठाउन नसकेका कम्पनीलाई समेत नवीकरणको छुट दिने निर्णय गरेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सबै कम्पनीलाई एक पटक नवीकरण गर्ने निर्णय गरेसँगै नवीकरणका लागि सबैलाई बाटो खुलेको हो । सरकारले वैदेशिक रोजगार ऐन २०६४ को बाधा अड्काउ फुकाउ दफा ८२ प्रयोग गरी सबै कम्पनीका लागि इजाजतपत्र नवीकरण हुने निर्णय गरेसँगै ५१३ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन् ।

    यो निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि मात्र कार्यान्वयनमा आउनेछ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा सम्बन्धित निकायमा लिखित आदेश दिएसँगै वार्षिक एक सय श्रमिक पठाउन नसकेको इजाजत प्राप्त संस्था आर्थिक वर्ष २०७७÷७८ का लागि नवीकरण गराउन आएमा नियमअनुसार नवीकरण हुनेछन् ।
    श्रम मन्त्रालयले गत वर्ष मलेसियाको रोजगारी बन्द रहेको र गएको वर्ष चैत वा विगत चार महिनादेखि कोरोनाका कारण श्रम स्वीकृति बन्द गरियो । यसले गर्दा धेरै म्यानपावरले वार्षिक एक सय श्रमिक पठाउन सकेनन् । त्यसैले मन्त्रालयले वैदेशिक रोजगारीमा एक सय श्रमिक पठाउन नपाएका कम्पनीको इजाजतपत्र नवीकरण गर्ने व्यवस्थाका लागि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्मा बाधा अड्काउ फुकाउका लागि प्रस्ताव गरेको थियो । यही प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले एक पटकका लागि नवीकरणको बाटो खुलाएको छ ।

    यो समाचार आजको गोरखापत्रमा सीता शर्माले लेखेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार