Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारले समात्यो घूस माग्‍ने इञ्जिनियरलाई


    बिहिबार, साउन १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । घूस मागेको अभियोगमा बाग्लुङको ढोरपाटन नगरपालिकाको नगर कार्यपालिकाकाइञ्जिनियर मिलन अधिकारी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित उनलाई पक्राउ गरेको हो।

    घूस मागेको अभियोगमा बाग्लुङको ढोरपाटन नगरपालिकाको नगर कार्यपालिकाका इञ्जिनियर मिलन अधिकारीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

    अधिकारीले उमभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनामा भुक्तानी दिएवाफत विभिन्न बहाना बनाइ घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

    अख्तियारका प्रवक्ता कोइरालाका अनुसार पोखरा महानगरपालिकाको जिरो प्वाइन्टबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार