काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकलाई वित्तीय स्थायित्वमा ध्यान दिन नेपाली कांग्रेसले सुझाव दिएको छ ।
बिहीबार कांग्रेसले आयोजना गरेको अर्थतन्त्र केन्द्रित कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्नका लागि मद्दत पुग्ने किसिमको मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गर्नुपर्ने विचार राखे ।
डा. महतले बैंकहरुलाई प्रोत्साहन गरेर मर्ज गर्नुपर्ने बताए । उनले वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति कन्ट्रोल, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पुर्याउनु खालेको मौद्रिक नीति ल्याउन केन्द्रीय बेंकलाई सुझाव दिए ।
पूर्व अर्थमन्त्री महतले उद्योगी-व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर २ खर्ब भन्दा माथि बनाउन समेत सुझाव दिए ।अहिले २ खर्बको बनाउने भन्ने विषयमा छलफल भइरहेको भन्दै उनले यसलाई २ खर्ब भन्दा पनि बढी बनाउनु पर्ने बताएका हुन् ।उनले यस्तो कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गर्नु पर्ने बताए ।
उनले वाणिज्य बैंकहरुमा तरतला अभाव हुने समस्या आउन नदिनका लागि पनि मौद्रिक नीतिले तर्जुमा गर्नु पर्ने बताए ।उनले बैंकहरुको मर्जरको विषयमा जर्वजस्त गर्न नहुने बताए । जथाभावी पुँजी बढाएर बैंकहरुलाई मर्जर गर्न नहुने उनले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend