काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकलाई वित्तीय स्थायित्वमा ध्यान दिन नेपाली कांग्रेसले सुझाव दिएको छ ।
बिहीबार कांग्रेसले आयोजना गरेको अर्थतन्त्र केन्द्रित कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्नका लागि मद्दत पुग्ने किसिमको मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गर्नुपर्ने विचार राखे ।
डा. महतले बैंकहरुलाई प्रोत्साहन गरेर मर्ज गर्नुपर्ने बताए । उनले वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति कन्ट्रोल, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पुर्याउनु खालेको मौद्रिक नीति ल्याउन केन्द्रीय बेंकलाई सुझाव दिए ।
पूर्व अर्थमन्त्री महतले उद्योगी-व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर २ खर्ब भन्दा माथि बनाउन समेत सुझाव दिए ।अहिले २ खर्बको बनाउने भन्ने विषयमा छलफल भइरहेको भन्दै उनले यसलाई २ खर्ब भन्दा पनि बढी बनाउनु पर्ने बताएका हुन् ।उनले यस्तो कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गर्नु पर्ने बताए ।
उनले वाणिज्य बैंकहरुमा तरतला अभाव हुने समस्या आउन नदिनका लागि पनि मौद्रिक नीतिले तर्जुमा गर्नु पर्ने बताए ।उनले बैंकहरुको मर्जरको विषयमा जर्वजस्त गर्न नहुने बताए । जथाभावी पुँजी बढाएर बैंकहरुलाई मर्जर गर्न नहुने उनले बताए ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend