काठमाडौं । नेकपाभित्र जारी विवाद समाधानकाे लागि भएको बिहीबारको छलफल सकिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले विवाद समाधानलाई अन्तिम रुप दिन नसकेपछि आजको छलफलनमा माधव नेपाल समेत उपस्थित भएका थिए ।
तर, नेता नेपाल सम्मिलित आजको छलफल करिब ३ घण्टा चलेकाे थियो । आजको बैठकमा धेरै सकारात्मक कुरा भएपनि ठोस निष्कर्ष ननिस्केकाे बताइएको छ। अरु विषयमा सहमति भएको वा नभएको विषयमा भने केही बताइएकाे छैन ।
यसअघि विवाद समाधानका लागि ओलीले प्रचण्डलाई पार्टीमा स्पष्ट भूमिका दिन सहमत भइसकेकाे बताइएको थियो । यस्ताेमा नेता नेपाललाई पनि चित्त बुझाउने प्रयास रहेकाे र आजकाे छलफलमा उनलाई दुई अध्यक्षको सहमतिमा डाकिएकाे समेत बताइएकाे छ ।
यसअघि नेकपामा प्रम ओली एकपक्षीय रुपमा हावी भएपछि प्रचण्ड–नेपाल एकजुट भएका थिए । साे समूह बलियाे भएसँगै प्रम ओली नेकपा सचिवालय, स्थायी समिति र केन्द्रीय समिति सबैमा अल्पमतमा परेका छन् ।
साेहीकारण नेकपामा विवाद बढ्दै गएकाे थियो । फलस्वरुप स्थायी समिति बैठकमा प्रम ओलीसँग राजीनामा मागिएकाे थियो । राजीनामा मागेसँगै नेकपा नै फुट्ने गरी विवाद चर्किएकाे थियो । तर पछिल्लाे समय विवाद मत्थर हुने शिलशिलामा रहेकाे बुझिएकाे छ ।
आजकाे छलफलमा चर्काचर्की नभएमा नेकपाको विवाद समाधान हुने बालुवाटार निकट स्रोतले जनाएकाे छ। यो सँगै नेकपा स्थायी समितिको भाेलिकाे बैठक समेत बस्न सक्ने बताइएकाे छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend