काठमाडौं । नेकपाभित्र जारी विवाद समाधानकाे लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएकाे छ । आजको छलफलनमा माधव नेपाल पनि उपस्थित रहेकाे थाहा भएकाे छ ।
विवाद समाधानका लागि ओलीले प्रचण्डलाई पार्टीमा स्पष्ट भूमिका दिन सहमत भइसकेकाे स्रोतकाे दावी छ । यस्ताेमा नेता नेपाललाई पनि चित्त बुझाउने प्रयास रहेकाे र आजकाे छलफलमा उनलाई दुई अध्यक्षको सहमतिमा डाकिएकाे समेत बताइएकाे छ ।
यसअघि नेकपामा प्रम ओली एकपक्षीय रुपमा हावी भएपछि प्रचण्ड–नेपाल एकजुट भएका थिए । साे समूह बलियाे भएसँगै प्रम ओली नेकपा सचिवालय, स्थायी समिति र केन्द्रीय समिति सबैमा अल्पमतमा परेका छन् ।
साेहीकारण नेकपामा विवाद बढ्दै गएकाे थियो । फलस्वरुप स्थायी समिति बैठकमा प्रम ओलीसँग राजीनामा मागिएकाे थियो । राजीनामा मागेसँगै नेकपा नै फुट्ने गरी विवाद चर्किएकाे थियो । तर पछिल्लाे समय विवाद मत्थर हुने शिलशिलामा रहेकाे बुझिएकाे छ ।
आजकाे छलफलमा चर्काचर्की नभएमा नेकपाको विवाद समाधान हुने बालुवाटार निकट स्रोतले जनाएकाे छ। यो सँगै नेकपा स्थायी समितिको भाेलिकाे बैठक समेत बस्न सक्ने बताइएकाे छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend